काठमाडौँ । मधेश राजनीतिमा लामो समयदेखि सक्रिय रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका थुप्रै नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । नवप्रवेशीहरूले रास्वपाको सदस्यता ग्रहण गर्दै व्यवस्था परिवर्तनको अभियानमा साथ दिने घोषणा गरेका हुन् ।
रास्वपा प्रवेश गर्नेहरूमा जसपा मधेश प्रदेशका कोषाध्यक्ष विष्णु कुमार साह, लहान नगरपालिकाका उपमेयर रामचलितर महतो र गोलबजारका पूर्वनगर अध्यक्ष हरिनारायण ‘हिरा’ रहेका छन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा उम्मेदवार रहेका नेता रामसोगरथ यादव, अघिल्ला २ निर्वाचनमा मेयर पदमा झिनो मत अर्थात् १७८ मतको अन्तरले पराजित भएका संघर्षशील नेताहरू, वडा समिति अध्यक्ष सुरेश साह र पूर्व क्षेत्रीय अध्यक्ष पवित्रनारायण यादव पनि रास्वपामा समाहित भएका छन् ।