बिहिवार, आश्विन १५ गते २०८३

पोखरामा मुख्यमन्त्री पाण्डेले गरे सभापति गगन थापाको स्वागत

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा शुक्रबार (आज) पोखरा पुगेका छन् ।

विशेष महाधिवशेनबाट पार्टीको सभापति भएपछि उनी पहिलोपटक पोखरा पुगेका हुन् । आज बिहान पोखरा विमानस्थल पुगेका थापालाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितका कांग्रेस नेताहरूले स्वागत गरेका छन् । गण्डकीका मुख्यमन्त्री पाण्डे हालै भएको कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा थिए ।

एयरपोर्ट पुगेका पाण्डेसँग सभापति थापाले खुलेर कुराकानी मात्र गरेनन्, कदममा कदम पनि मिलाए । सभापति थापा केही बेरमा नेपाली कांग्रेस कास्कीले चिप्लेढुंगाको पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सहभागी हुनेछन् भने लगत्तै कांग्रेस गण्डकीको बैठकमा सामेल हुँदै छन् ।

त्यसपछि उनले गण्डकी क्षेत्रका विभिन्न जिल्लाका नेता–कार्यकर्ता एवं उम्मेदवारसँग छलफल गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार