बिहिवार, आश्विन १५ गते २०८३

राष्ट्रिय सभामा उठ्यो स्वास्थ्य बीमाको विषय

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । राष्ट्रिय सभामा स्वास्थ्य बीमाको विषय उठेको छ ।

कार्यक्रमका सम्बन्धमा शुक्रबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले व्यवस्थापनको विषयमा के भइरहेको छ भन्दै सरकारसँग जवाफ मागेकी छन् ।

उनले भनिन्, ‘अस्पतालहरूले र केही संस्थाहरूले रकम नपाएको भन्ने समाचार आइराखेको छ । यो विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको पनि सुनियो । तर व्यवस्थापनको विषयमा के भइरहेको छ यो विषयमा सदनलाई जानकारी गराउन माग गर्दछु ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार