काठमाडौं । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ ।
आज दिउँसो २ बजेलाई अधिवेशन आह्वान गरिएको भए पनि बैठक भने ३ बजेपछि मात्रै सुरु भएको हो । कोशी प्रदेशसभा सचिवालयमा जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि पाँच महिनापछि प्रदेशसभा बैठक बस्न लागेको हो ।
प्रदेश सभाको भवन जलेर पूर्ण रूपमा क्षति पुगेपछि बैठक विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको वीरेन्द्र सभागृहमा सञ्चालन गरिएको हो ।
प्रदेशसभा सचिवालय भने मोरङको कटहरीस्थित तरकारी तथा फलफूल थोक बजारमा राखिएको छ ।