बिहिवार, आश्विन १५ गते २०८३

कांग्रेसका निवर्तमान सभापति देउवा चुनावी सभामा सहभागी नहुने

आइतवार , माघ २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने भएका छन् ।

उनको सचिवालयले देउवा कुनै पनि चुनावी सभामा जाने कार्यक्रम नरहेको जानकारी गराएको छ । केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा निस्कने भन्ने समाचार आएपछि देउवाको सचिवालयलेत्यस्तो कुनै कार्यक्रम नरहेको बताएको हो ।

देउवाको सचिवालयले भनेको छ, ‘चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन् ।’ गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनबाट कांग्रेसले नेतृत्व फेरेको छ ।

त्यसयता देउवा पार्टी गतिविधिमा संलग्न छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार