शुक्रवार, आश्विन १६ गते २०८३

तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड कहिले?

आइतवार , भाद्र २०, २०७८

काठमाडौं। यति बेला धेरै लगानिकर्ता तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँडको प्रतिक्षामा छन्।

केही दिन आइपीओ जारी गरेको तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड आज आईतबारसम्म हुन सक्ने यसअघि बताइएको थियो। झन्डै २३ लाख आवेदकले ३ अर्ब १० करोड ९२ लाख रूपैयाँ बराबरको ३ करोड १० लाख ९२ हजार ३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका छन्। अत्याधिक संख्यामा आवेलन परेकाले यसमा पनि भाग्यकै भर हुनेछ।

कुल आवेदक मध्ये ७४ हजार ४ सय आवेदकले १०-१० कित्ताको दरले सेयर हात पार्नेछन भने बाँकी रहेका २३ लाख भन्दा बढिको यो पटक पनि हात खाली नै रहने छ। बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले आइपियोको अहिले भेरिफाई भईरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार