बिहिवार, आश्विन १५ गते २०८३

नेपाली सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन- चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनू

मंगलवार , माघ २७, २०८२

काठमाडौँ । प्रधानमन्त्री एवं रक्षा मन्त्री सुशीला कार्कीले नेपाली सेनालाई चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिन निर्देशन दिएकी छन्। मंगलबार जंगी अड्डामा भएको पृतनापति समन्वयात्मक बैठकको उद्घाटनपछि सम्बोधन गर्दै उनले विगतमा जस्तो सुरक्षा संयन्त्रबीचको समन्वयमा त्रुटि नदोहोर्‍याउन निर्देशन दिएकी हुन्। 

‘विगतमा सुरक्षा संयन्त्रहरूबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन र चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुनुहोस्,’ कार्कीले भनिन्, ‘यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामहरूबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँग समन्वय गरी त्रुटिरहित ढंगले काम गर्नुहोस्।’

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले प्राप्त गरेका जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्नेमा आफू पूर्ण विश्वस्त रहेको पनि बताइन्। 

त्यस्तै राजनीतिक गतिविधिहरू पनि बिना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जान गर्न अन्य निकायहरूसँग सहकार्य गर्न पनि प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार