काठमाडौं। सवारी चालक अनुमति पत्र लाइसेन्स ट्रायल परीक्षा आजदेखि खुलेको छ।
यातायात व्यवस्था विभागले कोरोना भाइरस महामारीका कारण झन्डै ५ महिनापछि आजबाट देशभरका यातायात कार्यालयबाट बाँकी रहेको ट्रायल परीक्षा मात्रै सञ्चालन गर्ने तयारी गरेको हो।
यसमा पनि विभागले नयाँ सवारी चालक अनुमति पत्र आवेदन नलिने गरी प्रयोगात्मक परीक्षा सञ्चालन अनुमति दिएको हो। नयाँ लाइसेन्स अवेदनका पहिलाकै अत्याधिक चाप रहेको कारण हालै नखुलाइएको विभागको भनाई छ।