बिहिवार, आश्विन १५ गते २०८३

दलहरूलाई फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गरी बुझाउन आयोगको निर्देशन

मंगलवार , माघ २७, २०८२

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउन निर्देशन दिएको छ ।

आयोगले मंगलबार निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ बमोजिम राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा घोषणापत्र पेस गर्न निर्देशन दिएको हो । निर्वाचन आचारसंहिताको दफा ३७ अनुसार दल वा उम्मेदवारले आफ्नो घोषणापत्र सार्वजनिक गरी निर्वाचन प्रचार गर्नुपर्ने व्यवस्था छ ।

दफा ३७ को २ (१) अनुसार राजनीतिक दलले आयोगमा र उम्मेदवारले निर्वाचन कार्यालयमा घोषणापत्र पेस गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार