प्रतिबद्धता पत्रमा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण, स्थानीय तह र समुदायबाट समाजवादको अभ्यास, तथा नेपाली विशेषतामा आधारित समाजवादलाई सामाजिक क्रान्तिको मूल बाटोका रूपमा अगाडि बढाइने उल्लेख गरिएको छ । भाषिक विभेदको अन्त्य गर्दै बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ बनाउँदै जनताको घरदैलोसम्म गुणस्तरीय सेवा प्रवाह गर्ने, सुशासन, पारदर्शिता र मितव्ययितालाई आर्थिक विकास र समृद्धिको आधार बनाइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय पूर्वाधार विकास, उद्यमशीलता प्रवर्द्धन, उद्यमी परिवार निर्माण तथा गाउँ–शहरका घरघरमा रोजगारी सिर्जना गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकताका रूपमा समेटिएको छ ।