बिहिवार, आश्विन १५ गते २०८३

सर्लाहीमा रास्वपाका वरिष्ठ नेता बालेन र अमरेश सँगसँगै रोड शोमा निस्किए

बुधवार , माघ २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र नेता डा. अमरेशकुमार सिंह सर्लाहीमा सँगसँगै ‘रोड शो’मा निस्केका छन् ।

मधेसको चुनावी यात्रामा रहेका शाह सर्लाही पुगेका हुन् । बुधबार दिउँसो सर्लाही–४ मा ‘रोड शो’मा निस्केका छन् । यो क्षेत्रमा रास्वपाको तर्फबाट अमरेशकुमार सिंह उम्मेदवार भएका छन् । त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापा पनि काठमाडौं–४ छोडेर सर्लाही–४ बाटै उम्मेदवार बनेका छन् ।

आफ्नो चुनावी प्रचारका लागि रास्वपा उम्मेदवार सिंहले वरिष्ठ नेता शाहलाई आफ्नो क्षेत्रमा ल्याएका हुन् । दुवैले चुनावी प्रचारका लागि ‘रोड शो’ गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार