बिहिवार, आश्विन १५ गते २०८३

चुनावी यात्रामा रहेका रास्वपाका सभापति लामिछाने पोखरा पुगे

बुधवार , माघ २८, २०८२

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखरा पुगेका छन् ।

रास्वपाले बुधबार पोखराको तीन ठाउँमा चुनावी कार्यक्रम राखेको छ । लामिछानेले तालचोक, हेम्जा र चिप्लेढुंगामा भेटघाट कार्यक्रम रहेको रास्वपाले जनाएको छ । बुधबार अपराह्न पोखरा पुग्दा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ता र समर्थकले स्वागत गरेका छन् ।

खुट्टाको चोटका कारण दुई साता काठमाडौंमा उपचार गरेका लामिछाने केही दिनअघि चितवन गएका थिए । आफ्नो चुनावी क्षेत्रमा घरदैलो र मतदाता भेटघाट गरेका थिए । त्यसपछि उनी नवलपरासी पूर्वका चुनावी कार्यक्रममा सहभागी भएका थिए ।

मंगलबार रुपन्देहीमा भेटघाट कार्यक्रमपछि उनी आज पोखरा पुगेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार