बिहिवार, आश्विन १५ गते २०८३

फागुन ६ गते धनगढीमा आयोजना हुने सभालाई रवि र बालेन दुबैले सम्बोधन गर्ने

बुधवार , माघ २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) फेरि एउटै मञ्चमा देखिने भएका छन् ।

गत माघ ५ गते जनकपुरको एक सभालाई सम्बोधन गरेपछि एक्लाएक्लै चुनावी प्रचारप्रसारमा रहेका सभापति लामिछाने र वरिष्ठ नेता बालेन फेरि एउटै मञ्चमा देखिन लागेका हुन् । जनकपुरको सम्बोधनपछि एकाएक खुट्टामा संक्रमण भएर लामो समय आराम गरेका सभापति लामिछाने अहिले आफ्नो चुनावी क्षेत्र चितवन २ मा खटिएका छन् भने वरिष्ठ नेता बालेन्द्र आफ्नो निर्वाचन क्षेत्र झापा ५ सहित देशका विभिन्न स्थान पुगिरहेका छन् ।

निर्वाचन आयोगले आगामी फागुन ४ देखि १८ गतेसम्म चुनावी सभा गर्ने समयसीमा तोकेपछि रास्वपाले शीर्ष दुई नेतालाई एकै मञ्चबाट सम्बोधनको समय मिलाएको हो ।
 
सभापति लामिछाने र वरिष्ठ नेता शाहले यहीँ फागुन ६ गते कैलालीको धनगढीमा आयोजना हुने सभालाई संयुक्त सम्बोधन गर्ने भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार