काठमाडौँ । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह सिमराबाट फर्केका छन् । उनी साँझ पौने ६ बजे बुद्ध एअरको उडान नम्बर यु४ ५५६मा काठमाडौं आएका हुन् ।
मधेश प्रदेशको चुनावी भ्रमण भन्दै उनी अस्तिदेखि सप्तरीबाट पूर्व–पश्चिम राजमार्गमा गाडीबाट हात हल्लाउँदै बाराको सिमरा पुगेका हुन् । यसअघि कोशी प्रदेशका केही पहाडी जिल्ला घुमेपछि उनी माघ दोस्रो साता नेपालगञ्ज हुँदै सुदूर पश्चिम र कर्णाली प्रदेशका केही जिल्ला पुगेका थिए ।
सोही क्रममा उनका टोली सदस्य दिनेश सिटौला अछाममा अचेत भएर ढलेपछि एकाएक काठमाडौं फर्किएका थिए। सिटौलाको दुई दिनपछि माघ १८ गते ग्राण्डी अस्पतालमा निधन भएको हो । त्यसपछि उनी झापा र मधेशमा चुनावी प्रचारमा गएका हुन् ।