काठमाडौं। नेपाली नारीहरुको महान चाडको रुपमा रहेको हरितालिका तिज नजिँकदैँ गर्दा आइतबार सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ। विशेषगरी तिजको समयमा सुनको कारोबार विशेष रुपमा हुने गर्छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामै अधिकतम ६०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ। योसँगै आज बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ। त्यस्तै चाँदी एक हजार २३० रुपैयाँमा कारोबार भैरहेको छ।
गत शुक्रबार बजारमा सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, तेजबी सुनको मूल्य समेत ६०० रुपैयाँले नै वृद्धी भएको छ,यो संगै तेजावी सुनको मुल्य ९१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।