बिहिवार, आश्विन १५ गते २०८३

पूर्वराजा हेलिकप्टरबाट फर्किँदै, एयरपोर्टमा सुरक्षा व्यवस्थामा कडाइ

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार आसपासको क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं प्रस्थान गरिसकेका छन् । उनको स्वागतमा राजतन्त्र समर्थकले प्रदर्शन गर्ने भएपछि विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विमानस्थल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा लगाएको भए पनि विमानस्थलको गेटबाहिर राजावादीहरूले प्रदर्शन गरेका छन् । पूर्व राजा शाहको स्वागतको लागि भेला भएका उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार