काठमाडौं। भारतको मध्य प्रदेशको रतलाम जिल्लामा स्थानीयहरुले गाउँका मुखियालाई गधामा चढाएर आर्यघाट घुमाएका छन् ।
यस्तो अनौठो हर्कत गर्ने नामली गाउँका स्थानीयहरु हुन्। उनीहरुले यस्तो हर्कत पानी नपरेपछि गरेका हुन्। उनीहरूले इन्द्र देवलाई मनाउनका लागि गाउँका मुखियालाई गधामा चढाएर आर्यघाट घुमाएका छन् ।
यहाँको परम्पराअनुसार पानी नपर्दा देवी–देवताहरूलाई खुसी पार्नका लागि गाउँका मुखियाले आर्यघाटसम्म गधामा सवारी गर्छन् । त्यसपछि देवी–देवताहरूको पूजा गर्दा राम्रोसँग वर्षा हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।
यही मान्यताअनुसार यहाँ गाउँका मुखिया आत्माराम पटेललाई गधामा चढाइएको हो । बाजा–गाजासहित उनको सवारी अघि बढाइएको थियो । पुरानो जमानामा पानी नपर्दा गाउँका राजा वा पटेल गधामा बसेर मुक्तिधाम जाने गर्दथे ।
अहिले गाउँका सरपञ्च वा पटेल नै गाउँका मुखिया हुन्छन् ।