बिहिवार, आश्विन १५ गते २०८३

एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौँ । नेकपा एमालेले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बानेश्वरस्थित एभरेस्ट होटलमा हुने कार्यक्रममा घोषणापत्र सार्वजनक गर्न लागेका हुन्। 

निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनवका लागि फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरिसक्न दलहरुलाई निर्देशन दिएको थियो। 

एमालेले आयोगले तोकेको समयसीमाभन्दा चार दिन ढिलोगरि घोषणापत्र सार्वजनिक गर्न लागेको हो। घोषणापत्र सार्वजनिक गर्न ओली बुधबार साँझै काठमाडौँ आइसकेका छन्। ओली झापा ५ बाट उम्मेदवार छन्।  कांग्रेले पनि तीन दिन ढिलोगरि बुधबार मात्रै जनकपुरमा भएको कार्यक्रममा आफ्नो चुनावी प्रतिज्ञापत्र ल्याएको छ।  

एमालेले घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखेर घोषणापत्र ल्याइने जनाएको छ। 

त्यसैगरि राप्रपाले पनि आजै आफ्नो घोषणापत्र ल्याउने तयारी गरेको छ।  नेकपा, जसपा, उनेपा, आजपा, राजमो लगायतका दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार