बिहिवार, आश्विन १५ गते २०८३

भोलि आउने शासकले पनि युवालाई तिरस्कार गरिरहे फेरि पनि विद्रोह जन्मिन सक्छ: प्रधानमन्त्री

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दलहरुले अभ्यास गरेको कुशासनले विद्रोहको जन्म भएको बताएकी छन्।  

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भोलि आउने शासकले पनि युवालाई अपमान र तिरस्कार गरिरहे फेरि पनि विद्रोह हुने चेतावनी पनि दिएकी छन्।

‘म स्पष्ट रूपमा भन्न चाहन्छु— युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन । युवामा ऊर्जा छ, नैतिक क्रोध छ र परिवर्तनको आकांक्षा छ,’ उनले भनेकी छन्, ‘उसले नातावाद, कृपावाद र भ्रष्टाचार सहँदैन। त्यो असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्छ।’

उनले लोकतन्त्र भनेको केवल प्रक्रिया मात्र नएको बताएकी छन्। ‘लोकतन्त्रले नतिजा दिनुपर्छ। विधिको शासन आवश्यक छ तर प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, हैरानी र प्रताडना दिनु पनि लोकतन्त्रको अभ्यास होइन। यो त बेथिति हो।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार