काठमाठौं। नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन्। एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन् ।
उनिहरु दुबै जना पार्टी विभाजनपछि एमालेमै रहेका छन्। तर सुदुपश्चिममा एकीकृत समाजवादी पार्टी प्रदेश संसदको सबै भन्दा ठुलो द लबनेको छ। बाजुराबाट निर्वाचित शाह ५ फागुन २०७४ मा तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए ।
फेरी गत जेठमा एमाले माधव समूहले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर ७ जना मन्त्री थप्दा उनि आर्थिक मामिला मन्त्रीको रुपमा मन्त्रीमा दोहेरिएका थिए।