बुधवार, आश्विन १४ गते २०८३

निर्वाचनमा अप्रत्यासित नतिजा ल्याएको रास्वपाको सांसदका लागि अभिमुखीकरण कार्यक्रम सुरु

मंगलवार , चैत्र ३, २०८२

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा अप्रत्यासित नतिजा ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । 

संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी दिन अभिमुखीकरण कार्यक्रम आयोजना गरेको उक्त पार्टीले  जनाएको छ । 

ललितपुरको एक होटलमा आयोजित कार्यक्रम दुई दिनसम्म चल्नेछ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ । यो अप्रतयासित नतिजा लयाएपछि रास्वपा निकै उत्साहित भएको छ ।  

यसअघि रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छ बुँदे निर्देशन जारी गरेको थियो । अभिमुखीकरण कार्यक्रमको उद्घाटन् रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा घण्टी बजाएर गरेका थिए । 

पहिलो दिनको अभिमुखीकरणमा पूर्वसचिव सुरेश अधिकारी र पूर्व कानुन सचिव तोयानाथ अधिकारीको  प्रस्तुति रहेको छ । अभिमुखीकरणमा रास्वपाका सांसदले अनुभव सुनाउने छन् । अशोक चौधरी, शिशिर खनाल, तोसिमा कार्की, सोविता गौतम, गणेश पराजुली, हरि ढकाल, मनिष झा, विराजभक्त श्रेष्ठलाई अनुभव सुनाउन समय दिइएको रास्वपाले जनाएको छ । 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार