बुधवार, आश्विन १४ गते २०८३

लम्बिने भयो नयाँ सरकार गठन प्रक्रिया

बुधवार , चैत्र ४, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन,२०८२ को मत परिणााम सार्वजनिक भएको एक साता बित्न लागेपनि नयाँ सरकार गठन प्रक्रिया भने केहि दिन लम्बिने भएको छ ।  यसअघि चैत पहिलो साता नै सरकार गन भइसक्ने र राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रधानमन्त्रीमा नियुक्त हुने बजार हल्ला थियो । 

तर, कम्तिमा पनि चैत १३ गतेअघि नयाँ सरकार गठन नहुने देखिएको छ । किनकी संसद सचिवालयले नव निर्वाचित सांसदहरुको लागि चैत १३ गतेभित्र सपथ खुवाउने तयारी गरेको छ ।

निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने जनाएको छ । आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरेर राष्ट्रपतिले संसदका जेष्ठ सदस्यलाई सपथ खुवाउनेछन् । 

त्यसपछि मात्रै ति जेष्ठ सदस्यले संसदका अन्य सदस्यलाई सपथ खुवाउनेछन् । नेपालको संविधान २०७२ को धारा ९१ (५) ले प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था गरेको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ मा उल्लेख भएबमोजिम सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने छ ।  

आयोगले परिणाम बुझाएपछि मात्रै शपथग्रहण गराउने सचिवालयको तयारी छ । यि सबै कार्य सम्पन्न गर्न चैतको दोस्रो सातासम्म कुर्नुपर्न देखिएको छ । 
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचन आयोगले निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन बुझाएको पाँचदेखि छ दिनभित्र नवनिर्वाचित सांसदको शपथग्रहण गराउने आन्तरिक तयारी गरेको जानकारी दिए ।

आयोगले ५ गते कार्यालय समयमै प्रतिवेदन बुझाए सोही दिन सूचना प्रकाशित गरी शपथग्रहणको मिति तोक्ने सचिवालयको तयारी छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार