बुधवार, आश्विन १४ गते २०८३

नेकपाका नेतालाई बोलाएर प्रधानमन्त्री कार्कीले भनिन् –विजयीलाई बधाई, पराजितलाई शुभकामना

बुधवार , चैत्र ४, २०८२


काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई सफल फल पार्न सहयोग गरेकोमा प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टी (नेकपां लाई धन्यवाद दिएकी छन् ।

बुधबार नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरु बालुवाटार बालाएर प्रधानमन्त्री कार्कीले धनयवाद दिएकी हुन् । 

भेटमा प्रधानमन्त्री कार्की र नेकपाका नेताहरुबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो। यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो। यसका निम्ति धेरै धन्यवाद छ ।’

निर्वाचनमा विजयी भएका नेताहरुलाई बधाई दिँदै प्रधानमन्त्री कार्कीले अन्य नेताहरुलाई भने अर्कोपटकका लागि शुभकामना दिइन् । नेकपाका नेताहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिए । 

संयोजक प्रचण्डले भने, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो। यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार