काठमाडौं। तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशनमा ल्याएको आईपीओ बाँडफाँटको मिति तोकिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले मंगलबार प्रिअलोटमेन्ट बाँडफाँडको मिति तोकेको हो।
कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट हुनेछ ।
कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार ७४ हजार ४०० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउनेछन् । बाँकी आवेदकले भने शेयर नपाउने देखिन्छ ।
आईपियो शुक्रबार बाँडफाँट हुने भएको हो ।