काठमाडौं । निर्वाचन आयोगले गत फागनु २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम खर्च विवरण सार्वजनिक गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनमा कुल ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ ।
आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेको भए पनि अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको मात्र स्रोत सहमति प्राप्त भएको थियो ।
प्राप्त सहमति मध्ये हालसम्म ३ अर्ब ५४ करोड २८ लाख रुपैयाँ वास्तविक खर्च भइसकेको र भुक्तानी गर्न बाँकी दायित्वहरू समेत जोड्दा कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ पुग्ने आयोगले जनाएको छ।