बुधवार, आश्विन १४ गते २०८३

७८ वर्षीय केसीले शपथ गराउनेछन् प्रतिनिधि सभाका २७४ जना सांसदलाई

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं । प्रतिनिधि सभाका दुइ सय ७४ जना नवनिर्वाचित सदस्यलाई ७४ वर्षीय अर्जुन नरसिंह केसीले शपथ ग्रहण गराउने भएका छन् । केसी समानुपातिक निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । 

केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले चैत १ज्ञ गते ज्येष्ठ सदस्यको रुपमा शपथ ग्रहण गराउनेछन् । सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार ज्येष्ठ सदस्यलाई चैत ११ गते शपथ गराउन अनुरोधसहित राष्ट्रपतिको कार्यालयमा शुक्रबार पत्राचार गरिएको छ ।

ज्येष्ठ सदस्यले राष्ट्रपतिको कार्यालयमै शपथ ग्रहण गर्नेछन् । सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुलाई चैत १२ गते २ बजे शपथ ग्रहण गराउने तयारी गरेको छ । ज्येष्ठ सदस्यले शपथ ग्रहण गरेको भोलिपल्ट नवनिर्वाचित अन्य सदस्यहरुको शपथ ग्रहण हुने छ ।

प्रवक्ता गिरीले नागरिकतासहितका अन्य प्रमाणपत्रको आधारमा नवनिर्वाचित सदस्य अर्जूून नरसिंह केसीलाई ज्येष्ठ सदस्यको रुपमा पहिचान गरिएको हो । गिरीका अनुसार केसीको जन्म २००४ सालमा भएको हो ।

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यमध्ये परशुराम तामाङ दोस्रो सबैभन्दा बढी उमेरका सदस्य छन् । उनी ७४ वर्षकाछन् । नवनिर्वाचित सदस्य महावीर पुनलगायतका तीन जना सदस्यको उमेर ७१ वर्ष छ । 

सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म प्रतिनिधि सभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जून नरसिंह केसीले नै गर्नेछन् । संविधानको धारा ९१(५) ले प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था गरेको छ । 

प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यहरुमध्ये आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्ने छन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार