काठमाडौं । कलाकार प्रकाश सपुतले राजनीति छाडेका छन् । विगतमा तत्कालीन् प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसाग बसेरमञ्चमा भाषण गर्दा निकै आलोचना खपेका प्रकाश पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक प्रणालीतर्फका उम्मेदवार थिए ।
तर रास्वपाले पनि उम्मेदवार बनाएपनि संसद सदस्यमा सिफारिस नगरेपछि प्रकाशले तत्कालका लागि राजनीतिक भारी बिसाएका हुन् । उनले कलाकारितमार्फत समाजमा खबरदारी गरिरहने पनि बताएका छन् । सामाजिक सञ्जालमा लामो स्ट्याटस लेखदै प्रकाशले भनेका छन्, मेरो बाल मष्तिकले बोकेको सामाजिक र राजनैतिक चेतको भारी बिसाएर केबल ईन्टरटेनर हुन चाहन्छु । म समाज र राज्यको नजरमा एक समान मान्छे हुन चाहन्छु ।