बुधवार, आश्विन १४ गते २०८३

नेपाली ‘म्याग्नाकार्टा’का सूत्रधार गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस

शनिवार , चैत्र ७, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस शनिबार विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।  

स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् । 

चार पटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो ।  उनले मुलुकमा माओवादी शसस्त्र युद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

 विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकुलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए । 

विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै तत्कालीन राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए । 

कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुरूप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमती भएको थियो । जसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ ।

 पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रूपमा सीमित गरेको थियो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार