बुधवार, आश्विन १४ गते २०८३

जेष्ठ सदस्य केसीको शपथ चैत ११ मा, अर्को दुई दिन पनि फरक फरक शपथ

सोमवार , चैत्र ९, २०८२

काठमाडौ । चैत ११ गतेदेखि तीन दिनसम्म निरन्तर शपथ ग्रहण हुने भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएसँगै नयाँ सरकार गठन प्रक्रिया सुरु भएसँगै सांसद, प्रधानमन्त्री र मन्त्रीहरुको शपथ हुन लागेको हो । 

राष्ट्रपति कार्यालयले प्रतिनिधि सभा सदस्यको जेष्ठ नागरिकको रुपमा अर्जुन नरसिंह केसीलाई चैत ११ गते शपथ ग्रहण गराउन लागेको छ । राष्ट्रपति कार्यालयले मिति समय समेत निर्धरण गरेर सम्बन्धित निकायमा पत्राचार गरिसकेको छ ।

त्यस्तै जेष्ठ सदस्यको रुपमा केसीले चैत ११ गते शपथ ग्रहण गरेपछि उनले प्रतिनिधि सभाका बाँकी एक सय ७४ जना सदस्यलाई चैत १२ गते शपथ ग्रहण गराउनेछन् । त्यसको भोलिपल्ट अर्थात चैत १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको रुपमा शपथ ग्रह्ण गर्नेछन् । 

सम्भव भएसम्म सोही दिन उनले मन्त्रिपरिषद्का अन्य सदस्यहरुलाई पनि शपथ ग्रह्ण गराउनेछन् । यस हिसाबले चैत ११ गतेदेखि १३ गतेसम्म एक प्रकारको शपथ ग्रहण दिवस नै हुने देखिन्छ ।

sapath president.jpg
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार