आइतवार, श्रावण २४ गते २०८३

यस्तो छ आजका लागि तरकारीको  मूल्य

मंगलवार , चैत्र १७, २०८२


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो भारतीय प्रतिकिलो  ७५, गोलभेँडा सानो लोकल प्रतिकिलो  ३०, गोलभेँडा सानो भारतीय प्रतिकिलो  ३०, गोलभेँडा सानो तराई प्रतिकिलो  ४०, आलु रातो प्रतिकिलो  २०, आलु रातो भारतीय प्रतिकिलो  २२ र प्याज सुकेको भारतीयप्रतिकिलो ३६ रहेको छ । 

यसैगरी, गाजर लोकल प्रतिकिलो  ३०, गाजर तराई प्रतिकिलो  २०, बन्दा लोकल प्रतिकिलो  ३०, बन्दा नरिबल प्रतिकिलो  २५, काउली स्थानीय प्रतिकिलो  ६०, काउली स्थानीय ज्यापु प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५०, सेतो मूला लोकल प्रतिकिलो रु २०, सेतो मूला हाइब्रिड प्रतिकिलो  ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ । 

त्यसैगरी, बोडी तने प्रतिकिलो  ८०, मटरकोसा प्रतिकिलो  ७०, घिउ सिमी लोकल प्रतिकिलो  ९०, घिउ सिमी हाइब्रिड प्रतिकिलो  ७०, घिउ सिमी राजमा प्रतिकिलो  १००, टाटे सिमी प्रतिकिलो  ८५, तिते करेला प्रतिकिलो  १४०, लौका प्रतिकिलो  ७०, परवर ९राई०प्रतिकिलो  ९०, घिरौँला प्रतिकिलो  ९०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी लाम्चो प्रतिकिलो  ३५, हरियो फर्सी डल्लो प्रतिकिलो  २०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो  ७०, पिँडालु प्रतिकिलो  ६० र स्कुस प्रतिकिलो  ५० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी  ८०, चमसुर प्रतिकिलो  ९०, तोरीसाग प्रतिकिलो  ६०, मेथी प्रतिकिलो  ८०, हरियो प्याज प्रतिकिलो  ९०, बकुला प्रतिकिलो  ५०, तरुल प्रतिकिलो  ८०, च्याउ कन्य प्रतिकिलो १३०, च्याउ ९ल्ले०प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी  ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो  ५००, निगुरो प्रतिकिलो  ८०, ब्रोकाउली प्रतिकिलो  ८०, चुकुन्दर प्रतिकिलो  ६०, सजीवन प्रतिकेजी  १४०, कोइरालो प्रतिकिलो  २५०, जिरीको साग प्रतिकिलो  ७०, ग्याठकोभी प्रतिकिलो  ६०, सेलरी प्रतिकिलो  १२०, पार्सले प्रतिकिलो  २००, सौफको साग प्रतिकिलो  ९०, पुदिना प्रतिकिलो  १२०, गान्टे मूला प्रतिकिलो  ६०, इमली प्रतिकिलो  १८०, तामा प्रतिकिलो  १३०, तोफु प्रतिकिलो  १५० र गुन्द्रुक प्रतिकिलो  ३३० तोकिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार