काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीकोे मूल्य सामान्य घटेको छ । सुन तोलामा तीन हजार ६०० रुपैयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार दुई लाख ९७ हजार ६०० रुपैयाँँमा कारोबार भएको सुनको मूल्य बिहिबार सामान्य घटेको हो ।
अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । यस्तै चाँदीको मूल्य तोलामा चाँदी र १६५ घटेर चार हजार ९४५ कायम भएको थियो ।