सोमवार, श्रावण २५ गते २०८३

एमसीसीको टोली नेपाल पुग्दा भयो यस्तो लफडा, स्वागत नेपालसहित ६ जना पक्राउ

बिहिवार , भाद्र २४, २०७८

काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स काठमाडौं अवतरण गरेका छन्। 

आज बिहान सवा ९ बजे उनीहरु कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।एमसीसी प्रतिनिधिमण्डल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो। सुरक्षाकर्मीले पत्रकारहरूलाई विमानस्थल प्रवेश गर्न दिएनन्। उनीहरू पत्रकारहरूसँग तर्किँदै सिधै मेरिट होटल गएर बसेका छन्।

परियोजनाको विरोधमा युवाहरूले त्रिभुवन विमानस्थलबाहिर प्रदर्शन गरेका थिए। एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष ब्रुक्स विमानस्थलबाट बाहिरिने क्रममा युवाहरूले प्रदर्शन गरेका हुन्।

एमसीसी टोलीको आगमनलाई लिएर सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको भए पनि युवाहरूले प्रदर्शन गरेका हुन्। एमसीसी टोली विमानस्थलबाट बाहिरिने क्रममा युवाहरूले ‘नो एमसिसी’ टिसर्ट लगाएर प्रदर्शन गरेका हुन् ।

यस्तै एमसीसी टोलीको विरोध गर्ने स्वागत नेपालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार त्रिभुवन विमानस्थल बाहिरबाट अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ गरिएको हो। उनीहरुले एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौं आएलगत्तै विरोध जनाएका थिए।

नेपालमा एमसीसीको सम्बन्धमा पास गर्न हुने र नहुने सम्बन्धमा विवाद हुँदै आएको छ । सुमार नेतृत्वको एमसीसी टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासहित अर्थमन्त्री जनार्दन शर्मालाई भेट्ने कार्यक्रम छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार