काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३६, आलु रातो प्रतिकिलो २१ र आलु रातो (भारतीय) प्रतिकिलो २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ रहेको छ ।
यसैगरी, गाजर (लोकल प्रतिकिलो) ३५, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल( प्रतिकिलो ३५, बन्दा (नरिबल( प्रतिकिलो २५, काउली स्थानीय प्रतिकिलो ४०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ६०, सेतो मूला (लोकल) प्रतिकिलो १६, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ५० र भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ कायम भएको छ ।
यस्तै बोडी प्रतिकिलो १००, मटरकोसा प्रतिकिलो ८०, घिउ सिमी (लोकल) प्रतिकिलो ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६०, घिउ सिमी (राजमा) प्रतिकिलो १२०, टाटे सिमी प्रतिकिलो १२०, तिते करेला प्रतिकिलो १२०, लौका प्रतिकिलो ६०, परवर (तराई) प्रतिकिलो ९०, चिचिन्डो प्रतिकिलो १००, घिरौँला प्रतिकिलो ८०, झिगनी प्रतिकिलो १२०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो ६५ र स्कुस प्रतिकिलो ६५ रुपैयाँ कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो ६०, पालुङ्गो प्रतिकेजी ७०, चमसुर प्रतिकिलो ९०, तोरीसाग प्रतिकिलो ५०, मेथी प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो १००, बकुला प्रतिकिलो ४५, तरुल प्रतिकिलो ७०, च्याउ (कन्य) प्रतिकिलो १७०, च्याउ (डल्ले) प्रतिकिलो ३३०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ ।
कुरिलो प्रतिकिलो ४००, निगुरो प्रतिकिलो ८०, ब्रोकाउली प्रतिकिलो ८०, चुकुन्दर प्रतिकिलो ७०, सजीवन प्रतिकेजी १२०, कोइरालो प्रतिकिलो २८०, रातो बन्दा प्रतिकिलो ४५, जिरीको साग प्रतिकिलो ६०, ग्याठकोभी प्रतिकिलो ६०, सेलरी प्रतिकिलो १३०, पार्सले प्रतिकिलो २००, सौफको साग प्रतिकिलो ९०, पुदिना प्रतिकिलो १२०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५० र गुन्द्रुक प्रतिकिलो २८० रुपैयाँ तोकिएको छ ।