शुक्रवार, आश्विन १६ गते २०८३

तेह्रथुम पावर कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै, कति जनाले पाउँदै छन् सेयर?

शुक्रवार , भाद्र २५, २०७८

काठमाडौं। तेह्रथुम पावर कम्पनीको साधारण शेयर (आइपीओ) आज बाँडफाँड हुने भएको छ। मंगलबार प्रि अलोटमेन्ट सम्पन्न भएको कम्पनीको साधारण शेयर (आइपीओ) शुक्रबार बाँडफाँड हुने बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जानकारी दिएको हो।

शुक्रवार बिहान १० बजे आईपीओ बाँडफाँटको तयारी गरेको हो। कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि छट्याएको प्रतिकित्ता रू १०० अंकित दरको रू ८ करोड बराबरको ८ लाख कित्तामध्य ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो।

७ लाख ४४ हजार जना आवेदकहरुले गोला प्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर पाउने छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार