आइतवार, श्रावण २४ गते २०८३

कुरिलो प्रतिकेजी चार सय रुपैयाँ, अन्य तरकारीको मूल्य के छ ?

आइतवार , चैत्र २९, २०८२

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो  २८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो  ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३२, आलु रातो प्रतिकिलो रु २३ र आलु रातो (भारतीय) प्रतिकिलो  २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ रहेको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो १२०, मटरकोसा प्रतिकिलो ८५, घिउ सिमी (लोकल) प्रतिकिलो  ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५०, घिउ सिमी (राजमा) प्रतिकिलो  १२०, टाटे सिमी प्रतिकिलो  ११०, तिते करेला प्रतिकिलो  १००, लौका प्रतिकिलो  ७०, परवर (तराई) प्रतिकिलो ११०, चिचिन्डो प्रतिकिलो  १००, घिरौँला प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो  ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४५, भिन्डी प्रतिकिलो १००, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो  ६०, पिँडालु प्रतिकिलो  ५५ र स्कुस प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ ।

 यस्तै रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो प्रतिकेजी १००, चमसुर प्रतिकिलो  १००, तोरीसाग प्रतिकिलो  ४०, मेथी प्रतिकिलो १००, हरियो प्याज प्रतिकिलो १००, बकुला प्रतिकिलो  ६०, तरुल प्रतिकिलो  ८०, च्याउ ९कन्य० प्रतिकिलो  २६०, च्याउ ९डल्ले० प्रतिकिलो  ४००, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी  १,००० रुपैयाँ निर्धारण गरिएको छ ।
 

कुरिलो प्रतिकिलो  ४००, निगुरो प्रतिकिलो  ८०, ब्रोकाउली प्रतिकिलो ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी  ११०, कोइरालो प्रतिकिलो  २५०, रातो बन्दा प्रतिकिलो  ३५, जिरीको साग प्रतिकिलो  ६०, ग्याठकोभी प्रतिकिलो  ६०, सेलरी प्रतिकिलो  १२०, पार्सले प्रतिकिलो २००, सौफको साग प्रतिकेजी  १००, पुदिना प्रतिकिलो  १००, गान्टे मूला प्रतिकिलो  ५०, इमली प्रतिकिलो  १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५० र गुन्द्रुक प्रतिकिलो  ३०० रुपैयाँ तोकिएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार