आइतवार, श्रावण २४ गते २०८३

यस्तो छ आजका लागि तरकारीको मूल्य

सोमवार , चैत्र ३०, २०८२

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो  ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो  ३२, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३६, आलु रातो प्रतिकिलो  २३ र आलु रातो (भारतीय) प्रतिकिलो  २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो  ३६ रुपैयाँ  रहेको छ । 

यसैगरी, गाजर लोकल प्रतिकिलो ५०, गाजर , तराई) प्रतिकिलो  ३०, बन्दा (लोकल) प्रतिकिलो  ३५, बन्दा (तराई) प्रतिकिलो  ३०, काउली स्थानीय प्रतिकिलो ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो  ८०, सेतो मूला (लोकल) प्रतिकिलो  ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो  ३२, भन्टा लाम्चो प्रतिकिलो ७० र भन्टा डल्लो प्रतिकिलो  ८०  रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मटरकोसा प्रतिकिलो ९०, घिउ सिमी (लोकल) प्रतिकिलो  ७०, घिउ सिमी (हाइब्रिडं) प्रतिकिलो  ६०, घिउ सिमी (राजमां) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो  ११०, भटमान कोसा प्रतिकिलो  ३५०, तिते करेला प्रतिकिलो  ११०, लौका प्रतिकिलो  ५०, परवर (लोकल) प्रतिकिलो  १००, चिचिन्डो प्रतिकिलो  ९०, घिरौँला प्रतिकिलो  ६०, फर्सी पाकेको प्रतिकिलो  ६०, हरियो फर्सी (लाम्चों) प्रतिकिलो  ४०, हरियो फर्सी (डल्लों) प्रतिकिलो  ६०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो  ६० र स्कुस प्रतिकिलो  ७०  रुपैयाँ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो ६०, पालुङ्गो प्रतिकेजी  १००, चमसुर प्रतिकिलो  १००, तोरीसाग प्रतिकिलो  ४०, मेथी प्रतिकिलो  १००, हरियो प्याज प्रतिकिलो  १००, बकुला प्रतिकिलो  ६०, तरुल प्रतिकिलो  ८०, च्याउ (कन्य) प्रतिकिलो  २५०, च्याउ (डल्लें) प्रतिकिलो  ४००, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी  १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो ५००, निगुरो प्रतिकिलो  ८०, ब्रोकाउली प्रतिकिलो १००, चुकुन्दर प्रतिकिलो  ६०, सजीवन प्रतिकेजी  ११०, कोइरालो प्रतिकिलो  २६०, रातो बन्दा प्रतिकिलो  ४०, जिरीको साग प्रतिकिलो  ६०, ग्याठकोभी प्रतिकिलो  ६०, सेलरी प्रतिकिलो  १२०, पार्सले प्रतिकिलो २००, सौफको साग प्रतिकेजी  १००, पुदिना प्रतिकिलो  १००, इमली प्रतिकिलो  १८०, तामा प्रतिकिलो  १५०, तोफु प्रतिकिलो  १५० र गुन्द्रुक प्रतिकिलो  ३०० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार