शुक्रवार, आश्विन १६ गते २०८३

तेह्रथुम पावरको आइपीओ बाँडफाँड कतिले हात पारे ? हेर्नुहोस्

शुक्रवार , भाद्र २५, २०७८

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमीटेडको आइपीओ शुक्रबार बाँडफाँड गरिएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता सेयर सार्वजनिक निश्कासन गरेकोमा कम्पनीका कर्मचारी र म्युचुअल फण्डहरुलाई सुरक्षित गरिएबाहेक सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो।

यही कित्ता खरीदका लागि आवेदन दिएका २३ लाख ५५ हजार ४४७ मध्ये ७४ हजार ४०० ले मात्र १० कित्ताको दरले सेयर पाएका छन्। आवेदन दिएकामध्ये ८ हजार ८२० आवेदकको आवेदन रद्ध गरिएको थियो। २३ लाख ४६ हजार ६२७ सदर आवेदकबाट २ करोड ९२ लाख ६९ हजार ६४० कित्ता खरीदका लागि आवेदन परेको देखिन्छ। कुल सदर आवेदकमध्ये ३.१७ प्रतिशतले मात्र १० कित्ताको दरले सेयर पाएका छन्। बाँकी ९६.८३ प्रतिशत आवेदकको हात रित्तो भएको छ।

तेह्रथुम पावरले भदौ ९ गतेदेखि १३ गतेसम्मका लागी आवेदन खुलाएको थियो। आइपीओमा आवेदन दिएकाहरुले आफूलाई आइपीओ परे या नपरेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट तथा मेरो सेयरको आइपीओ नतिजा हेर्ने वेबपोर्टलमा गएर रिजल्ट हेर्न सक्नेछन्।
निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले कम्पनीको आइपीओ आज बाँडफाँड गरेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार