काठमाडौं। प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ। बैठकको सुरुदेखीनै एमाले सांसदले अवरोध गरेको भएपनि शुक्रबारको बैठकबाट आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक बहुमतले स्वीकृत भएको हो।
अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो। प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक निरन्तर अगाडि बढाएका छन्।
माधव नेपालसहित १४ सांसदको कारबाही रोकेर सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले संसद् बैठक अवरोध गरेको हो।