काठमाडौँ । बजारमा तरकारीको मूल्य बढेको छ । बजारमा अधिकांश तरकारीको मूल्य बढ्दा उपभोक्तालाई प्रत्यक्ष असर परेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल० प्रतिकिलो) ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५०, आलु रातो प्रतिकिलो २४ र आलु रातो (भारतीय) प्रतिकिलो २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ रहेको छ ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो ५०, गाजर (तराई) प्रतिकिलो ३५, बन्दा (लोकल) प्रतिकिलो ५०, काउली स्थानीय प्रतिकिलो ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ६०, रातो मूला प्रतिकिलो ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३५, भन्टा लाम्चो प्रतिकिलो ६५ र भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बोडी (तने) प्रतिकिलो १००, मटरकोसा प्रतिकिलो १००, घिउ सिमी (लोकल) प्रतिकिलो ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६०, घिउ सिमी (राजमा) प्रतिकिलो १२०, टाटे सिमी प्रतिकिलो १२०, भटमास कोसा प्रतिकिलो ३००, तीते करेला प्रतिकिलो ८०, लौका प्रतिकिलो ४०, परवर (लोकल) प्रतिकिलो १००, चिचिन्डो प्रतिकिलो ७०, घिरौँला प्रतिकिलो ५०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो९०, सखरखण्ड प्रतिकिलो ७५, बरेला प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो ५० र स्कुस प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ ।
यस्तै रायोसाग प्रतिकिलो ६०, पालुङ्गो प्रतिकेजी ११०, चमसुर प्रतिकिलो ११०, तोरीसाग प्रतिकिलो ४०, मेथी प्रतिकिलो ११०, हरियो प्याज प्रतिकिलो ८०, बकुला प्रतिकिलो ५०, च्याउ (कन्य) प्रतिकिलो १९०, च्याउ (डल्ले) प्रतिकिलो ४००, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी १,००० रुपैयाँ निर्धारण गरिएको छ ।
कुरिलो प्रतिकिलो ४५०, निगुरो प्रतिकिलो ८०, ब्रोकाउली प्रतिकिलो १००, चुकुन्दर प्रतिकिलो ५०, सजीवन प्रतिकेजी १२०, कोइरालो प्रतिकिलो ३२०, रातो बन्दा प्रतिकिलो ४०, जिरीको साग प्रतिकिलो १२०, ग्याठकोभी प्रतिकिलो ५०, सेलरी प्रतिकिलो १४०, पार्सले प्रतिकिलो २२०, सौफको साग प्रतिकेजी ११०, पुदिना प्रतिकिलो १२०, गान्टेमुला प्रतिकिलो ५०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १५०, तोफु प्रतिकिलो १५० र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ ।