काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले नेकपा एकीकृत समाजवादीको समर्थन पाउनेको भएको छ। सोमबार धनगढीमा बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो।
एमालेबाट विभाजनपछि पहिलोपटक बसेको समाजवादी संसदीय दलको बैठकमा संसदिय दलको नेता चयनका विषयमा पनि छलफल भएको प्रदेशसभा सदस्य दुर्गा विकले जानकारी दिइन्।
संसदीय दलको विधानलाई पूर्णता दिएपछि मात्र दलको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय दलका पदाधिकारी चयन गर्ने समझदारी भएको सांसद विकले बताइन् ।