आइतवार, श्रावण २४ गते २०८३

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

बुधवार , बैशाख ३०, २०८३


काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक भएको छ। गीतलाई दिपक शर्माको शब्द र संगीत भरेका छन्।

ओएभ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज सविन सुवेदीले गरेका हुन् भने मिक्सिङ, मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ।

म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन्। भिडियोमा सुरेस कोली, शेखर घर्ती मगर, तिर्सना बराइली र बरालले नृत्य तथा अभिनय गरेका छन्। ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोक लयमा आधारित गीतको भिडियोमा कोरियोग्राफी पनि भट्टले नै गरेका हुन् भने सकायक कोरियोग्राफर नविन पौडेल रहेका छन्।

लोकपप, आधुनिक र र्याप गीत गाउँदै आएकी बरालको लोक लयमा आधारित यो पहिलो गीत हो। उनका यसअघिका नरिसाउन होइ, खानदानी छोरी, माया छकि छैन, नैना रेसमलगायत गीतहरू सार्वजनिक भएका छन्। 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार