काठमाडौं। कञ्चनपुुरमा एम्बुुलेन्सको ठक्करबाट एकजना पैदल यात्रीको मृत्युु भएको छ। दुुर्घटनापछि स्थानीयले पूूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले टायर बालेर प्रर्दशनसमेत गरेका छन्।
स्थानीयले पीडित परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन्। महेन्द्रनगरतर्फ जाँदै गरेको म१च २८८ नम्बरको एम्बुलेन्सले पूूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुुर नगरपालिका-५ मा ठक्कर दिंदा स्थानीय ४५ वर्षका कृष्णबहादुर ऐरको मृत्युु भएको प्रहरीले जनाएको छ।
सुुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुुसार एम्बुुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री ऐरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो। साइकलयात्रीलाई ठक्कर दिने चालक भीमदत्त नगरपालिका -१६ बस्ने ४० वर्षीय गणेश विष्ट र एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।