काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५२ रुपैयाँ, गोलभेँडा साना (टनेल) ७८ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो (गोलो) प्रतिकिलो २५ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ रहेको छ ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४५ रुपैयाँ, रातो मूला प्रतिकिलो ७७ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बोडी (तने) प्रतिकिलो ६० रुपैयाँ, मकै बोडी प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ९० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १३० रुपैयाँ, तीते करेला प्रतिकिलो ७० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ५५ रुपैयाँ, चिचिन्डो प्रतिकिलो ४५ रुपैयाँ, घिरौँला प्रतिकिलो ५० रुपैयाँ, झिगुनी प्रतिकिलो ७५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, भिन्डी प्रतिकिलो ५० रुपैयाँ र पिँडालु प्रतिकिलो ५० रुपैयाँ र स्कुस प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो प्रतिकेजी १२० रुपैयाँ, तोरीसाग प्रतिकिलो ४० रुपैयाँ, चमसुरको साग प्रतिकेजी १२० रुपैयाँ, मेथीको साग प्रतिकिलो १०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १६० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३८० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३२० र सिताके च्याउ प्रतिकेजी एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।
कुरिलो प्रतिकिलो ३२० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ११० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, निगुरो प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ५० रुपैयाँ, सजीवन प्रतिकिलो १२० रुपैयाँ, जिरीको साग प्रतिकिलो ११० रुपैयाँ, पार्सले प्रतिकिलो ३०० रुपैयाँ, सेलरी प्रतिकिलो १३० रुपैयाँ, सौफको साग प्रतिकेजी १०० रुपैयाँ, पुदिना प्रतिकिलो १०० रुपैयाँ, गान्टेमुला प्रतिकिलो ६० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १५० रुपैयाँ, तोफु प्रतिकिलो १५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ ।