आइतवार, श्रावण २४ गते २०८३

उत्तेजनाका बेला युवकले यौनांगमा सिमीका गेडा घुसाएपछि यस्तो भयो

बुधवार , भाद्र ३०, २०७८

काठमाडौं। मानिसहरु उत्तेजनामा अनेक गर्छन्। त्यस्तै उत्तेजनामा लिप्त एक युवकले आफ्नै योनाङ्ग भित्र सिमीको गेडा घुसाउँदा आपत परेको छ। अमेरिकामा एकजना युवकले यौन सन्तुष्टिका लागि भन्दै आफ्नो यौनांगभित्र ६ वटा सिमीका गेडा हाले ।

तर ती सिमीका गेडा उनको यौनांगभित्रको नली (युरेथ्रा) मै अड्किएपछि उनलाई आपतकालीन अवस्थामा अस्पताल दौडाउनु परेको हो।
नाम नखुलाइएका ती ३० वर्षीय युवक अमेरिकाको मिचिगनका बासिन्दा रहेको समाचारमा जनाइएको छ। विर्यस्खलनका बेला सिमीको अनुभव गर्दै बाहिर फ्याँक्ने चाहनामा उनले यौनांगभित्र सिमी घुसाउने जोखिम मोलेको उनले बताएको जनाइएको छ।

ग्चययिनथ ऋबकभ च्भउयचत नामक जर्नलमा छापिएको रिपोर्ट अनुसार उनले विर्यस्खलको प्राकृतिक झट्काले नै सिमीका गेडा बाहिर हुत्याउन सकिने अनुमान गरेका थिए। तर उनी असमर्थ भए । त्यसपछि उनलाई अस्पताल आउनुपर्‍यो, जहाँ डाक्टरहरुले ठूलो मेहेनत गरेर उनको यौनांगबाट सिमीका गेडा बाहिर निकाले।

अस्पतालमा आएपछि पनि उनले सुरुमा डाक्टरहरुलाई सत्य कुरा बताएनन् । आफूले पहिले यौन सम्पर्क गरेको र त्यसपछि पिसाब फेर्न गाह्रो महसुस भएको बताएका थिए। डाक्टरहरुले उनको यौनांगको सिटी स्क्यान गर्दा नलीभित्र १५ मिलिमिटर साइजका ६ वटा सिमीका गेडा देखिएपछि सोधपुछ गर्दा बल्ल उनको कर्तुतको पर्दाफास भएको उल्लेख गरिएको छ। 

चारवटा सिमीका गेडा उनको यौनांगको बीच भागसम्मै पुगेका थिए र एउटा  भने मुत्रथैलीभित्री छिरेको थियो। डाक्टरहरुले ती मध्ये एउटा सिमीको गेडालाई क्रिम लगाएर हातले निचोर्दै बाहिर निकाले। अन्य पाँच वटा गेडा त्यसरी निकाल्न सकिएन । अर्को दिन शल्यक्रिया गरेर उनको यौनांगको नलीबाट थप ५ वटा सिमीका गेडा बाहिर निकालिएको थियो।
एजेन्सीको सहयोगमा 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार