शुक्रवार, आश्विन १६ गते २०८३

असोज ६ गतेदेखि खुल्दै छ ७० लाख कित्ता आईपीओ, कति कित्तासम्म भर्ने?

बिहिवार , भाद्र ३१, २०७८

काठमाडौं। साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणका लागि  ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो।

निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीका अनुसार उक्त शेयर सर्वसाधारणले असोज १० गतेसम्म आवेदन दिन सक्नेछन्। न्युनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार