आइतवार, श्रावण २४ गते २०८३

घट्यो सुन चाँदी दुवैको मूल्य, आइतबार कतिमा हुँदैछ कारोबार

आइतवार , जेठ १०, २०८३

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो 


महासंघले आजका लागि निर्धारण गरेको नयाँ मूल्य सूचीअनुसार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ९५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार