आइतवार, श्रावण २४ गते २०८३

रेष्टुरेन्टमा चिकेन बर्गर खाँदा पहिलो गाँसमै मान्छेको औंला भेटिएपछि

शुक्रवार , आश्विन १, २०७८

काठमाडौं। सुन्दै पनि शरिरनै सिरिङ्ग हुने घटना सार्वजनिक भएको छ। एक महिलाले फास्ट फूड रेस्टुरेन्टमा चिकेन बर्गर अर्डर खाँन खोज्दा पहिलो गाँसमै मानिसको औँला फेला परेपछि उनको हालत खराब भयो ।

यो घटना बोलिभियाको हो। न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार बोलिभियामा बस्ने इस्टेफनी बेनिटेज एक फास्ट फूड रेष्टुरेन्टमा बर्गर खान गएकी थिइन्। पहिलो बाइट लिँदा उनले केही कडा चिज महसुस गरिन् । 

जब बेनिटेजले के रहेछ भनेर हेरिन् तब उनको होस उड्यो किनभने चिकेन बर्गरभित्र मानिसको औंला भेटिएको थियो । उनले यो घटना आफ्नो सामाजिक संजालमा फेसबुकमा सेयर गरेकी छन्।  उनका अनुसार यो घटना गत आइतबारको हो।

finger-burger_finger-1.jpg

उनले यसबारे रेष्टुरेन्टका कर्मचारीलाई जानकारी दिँदा बर्गर पहिले नै तयार भएर स्टोरमा पुग्ने र यसअघि यस्तो कहिल्यै नभएको प्रतिक्रिया दिएको बताएकी छन्। साथै रेष्टुरेन्टको तर्फबाट बर्गरको पूरा पैसा फिर्ता दिइने पनि बताइयो।

घटना व्यापक भएपछि बर्गर कम्पनीका प्रवक्ता दाहमेर-एस्क्वेले यसलाई ‘दुर्भाग्यपूर्ण घटना’ बताउँदै मासु काट्ने बेला एक कर्मचारीको चोरी औंला काटिएको जानकारी दिइन्। स्थानीय प्रहरीले घटनाको पुष्टि गरेको छ। रेष्टुरेन्टको यो ब्रान्चलाई स्थानीय प्रशासनले अस्थायी रुपमा बन्द गर्ने र कम्पनीमाथि जरिवाना लगाउने भएको छ। 
एजेन्सीको सहयोगमा

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार