शुक्रवार, आश्विन १६ गते २०८३

बुद्धभूमि हाइड्रोपावरको आइपिओ कहिलेदेखी खुल्दै छ ? जान्नुहोस्

आइतवार , आश्विन ३, २०७८

काठमाडौं। बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको असोज ११ गतेदेखि प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला हुने भएको छ। पछिल्लो समय शेयर बजारमा मानिसहरुको आकर्षण बढेसंगै आइपिओ भर्नेको संख्या निकै बढी हुने गरेको छ। अंकित मूल्य १ सयका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको हो।

जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकका रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ। 

कम्पनीको आइपिओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। अनलाइन प्रणाली मेरो सेयर र आफ्नो बैंक खाता रहेको शाखाबाट पनि आवेदन दिन सकिनेछ। त्यस्तै त्यसअघि साहस उर्जाको आइपिओ पनि असोज ६ गतेदेखि खुल्नेछ। साहस उर्जा कम्पनीले कुल ७० लाख कित्ता सर्वसाधारण समूहको आइपिओ जारी गर्ने भएको हो।

यसमध्ये ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। कम्पनीको आइपिओमा १० गतेसम्म आवेदन दिन सकिनेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार