आइतवार, श्रावण २४ गते २०८३

चीनमा धेरै पुरुषले बिहे गर्न केटी नपाएपछि बहुपति प्रथाको सुझाव, यसो भन्छन् चिनियाँ !

आइतवार , आश्विन ३, २०७८

काठमाडौं। हिन्दु धर्मशास्त्रका अनुसार द्रौपदीको विवाह पाँच पाण्डवसँग भएको थियो । चिनमा जनसंख्या वृद्धीदर घट्दै गएपछि हाल एक दम्पतीका लागी ३ सन्तान निती अपनाइएको छ। विश्वमै आर्थिक रुपमा उदाइरहेको चिनमा जंनसंख्या वृद्धीदर कम हुनु निकै चिन्ताको विषय बनेको छ। 

किनभने त्यहाँ धेरै पुरुषहरुले विहे गर्नका लागी केटी पाएका छैनन् र एक्लै बस्न बाध्य छन्। वास्तवमा सन् १९८० मा एक सन्तान नीति अबलम्बन गरेसँगै चीन आर्थिक रुपमा विकाशको फड्को त मा¥यो तर लिंग अनुपातमा यसको ठूलो असर परेको छ। 

चीनमा रुढीवादी सोचयुक्त मानिसहरुले एउटा मात्र सन्तान जन्माउन पाइने भएसँगै छोरा मात्र जन्माउन थाले। जसका कारण त्यहाँ छोरीहरुको संख्या निकै कम भयो। त्यसैले चीनमा अहिले विवाह योग्य उमेरका धेरै युवकहरुलाई बिहे गर्नका लागि बेहुली पाउन मुस्किल परिरहेको छ।
उक्त समस्या समाधानका लागि कांग एनजी नामक चिनियाँ अर्थशास्त्रीले निकै अनौठो उपाय सुझाएका छन्।

उनले तिब्बतमा सदियौँदेखि चलिआएको बहुपति प्रथालाई चीनभर अबलम्बन गर्नुपर्ने सुझाव दिएका हुन्। हाल अर्थशास्त्री प्राध्यापकको यस्तो सुझावले चीनमा एक प्रकारको चर्चा र विवादको सिर्जना गरेको छ। यदि केटा र केटी दुवै पक्ष यसमा सहमत हुनेहो भने यो प्रथालाई अपनाउन सकिने उनको तर्क छ। 

उनका अनुसार अहिले चीनमा लिंगानुपात निकै धेरै छ, जसका कारण कैयन् युवकहरुको बिहे हुन पाएको छैन। अवस्था यस्तो छ कि कतिपय छिमेकी देशबाट बिहेकै लागि भनेर महिलाहरुको तस्करी चीनमा हुने गरेका घटना पनि सार्वजनिक हुने गरेका छन्।

यदि चीनमा पुरुषहरुले बिहेका लागि महिला नपाउने र अविवाहित नै रहनुपर्ने समस्याको समाधान नभए त्यसले सन्तान उत्पादन कम हुने र अन्ततः चीनको अर्थव्यवस्थामा त्यसको प्रभाव पर्नेछ। यद्यपि चीनले एक सन्तान नीति खारेज गर्दै अहिले तीन सन्तान नीति अख्तियार गरिसकेको छ। 

तर विवाहयोग्य उमेरका छोरीहरुको संख्या निकै कम हुनाले पुरुषहरु अविवाहित नै रहनुपर्दा यो नितीले पनि काम गर्ने अवस्था छैन। प्राध्यापक यी कांग एनजीले चीनको यो समस्याको समाधानका लागि सिफारिस गरेको बहुपति प्रथा निकै अनौठो प्रथा हो। उक्त परम्परा अनुसार एकजना स्त्रीको विवाह परिवारका दुई वा त्यसभन्दा बढी दाजुभाइसँग गराइन्छ। 

यद्यपि विवाह समारोहमा भने जेठो दाइले मात्र सबै प्रक्रिया पूरा गर्दछ। बिहेपश्चात् चाहिँ बेहुली सबै भाइहरुकी साझा बन्दछिन् सबैसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गर्नुपर्दछ। त्यसरी जन्मिएका बच्चाहरु पनि सबैका साझा बन्दछन्, किनकि वास्तविक जैविक पिता को हो ? भन्ने पत्ता लगाउन पनि कठिन हुन्छ।
एजेन्सीको सहयोगमा

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार