शुक्रवार, आश्विन १६ गते २०८३

आजबाट नयाँ नोट साटिदै, कतिसम्म साट्न पाईन्छ?

सोमवार , आश्विन ४, २०७८

काठमाडौँ। यस वर्षको दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले गत बुधबार विज्ञप्ति जारी गर्दै आजदेखि नयाँ नोट साट्ने सुविधा मिलाएको जानकारी गराएको हो।

राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको शाखा कार्यलयमार्फत नोट आजदेखि असोज २४ गतेसम्म साट्न सकिनेछ। राष्ट्र बैंकका अनुसार नोट साना र ठूला दरका गरी प्रतिव्यक्तिले १८ हजार ५ सयसम्म उपलब्ध गराइने छ भने संस्थागत प्रयोजनका लागि २ देखि ५ करोडसम्म उपलब्ध गराइनेछ।

बैंकले नोट साट्न जाँदा सरकारले लागु गरेको सबै प्रकारको स्वास्थ्य मापदण्ड पालन गर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार